Logo कार्तिक १३, २०७७ बिहीबार


गोकर्णेश्वरमा महिला समूहद्वारा गुर्जो रोपण, घरघरमा विस्तार गरिने

काठमाडौ । संविधान दिवसको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र बागमती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोपण गरिएको छ । गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी मानिने वनस्पति गुर्जो रोपेको हो ।

संविधान दिवस तथा सञ्जालको ११ औँ साधारणसभा अवसरमा आयोजित गुर्जो रोपण कार्यक्रममा लागि आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १०० वटा गुर्जोका बिरुवा उपलब्ध गराउनुभएको हो । लाहानको सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण शुरु गर्नुभएका राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाएर एक हप्ता अघिदेखि नै निःशुल्क वितरण गरिरहनुभएको छ ।

अघिल्लो हप्ता उहाँले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीस्थित कार्यालयमा पनि बिरुवा उपलब्ध गराउनुभएको थियो । बागमती किनारका अन्य स्थानमा राजलवटले गुर्जो वितरण गर्नुभएको थियो । यससँगै सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियान शुरु भएको छ । घरघरमा गुर्जोको बिरुवा पुर्याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमितरूपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउनुहुन्छ । गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उहाँले जानकारी दिनुभयो ।

मधुमेह रोगबाट पीडित भएकाले नियमितरूपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानु नपर्ने आफैँले अनुभव गरेपछि सामूहिक रूपमा बिरुवा वितरण अभियानमा लागेको बागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नुका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउन उपयोगी रहेको उहाँको भनाइ छ ।

विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ । शनिबार गोकर्णमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरसभा सदस्य जयराम महतले पनि आफूले छ महिनादेखि गुर्जोको उपयोग गर्दा ग्यास्ट्रिक ठिक भएको अनुभव सुनाउनुभयो ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्सजस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउनुहुन्छ । गर्भवती महिलाले भने गुर्जोको प्रयोग गर्नुहुँदैन । पाँच वर्षमुनिका बालबालिकालाई पनि यसको सेवन नगराउनु राम्रो हुन्छ । डाँठ, पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधीको काम गर्छ भनेझैँ गुर्जोले मानवीय स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ताले गरेका छन् ।

६० हजार गुर्जोका विरुवा वितरण
हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका विरुवा वितरण गर्नुभएको छ । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामार्फत् राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख शान्ति नेपालले बहुउपयोगी वनस्पति गुर्जो रोपण अभियानमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । महिला सञ्जालको संस्थापक अध्यक्षसमेत रहनुभएकी उहाँले महिला समूहमार्फत् घरघरमा गुर्जो रोप्ने अभियान चलाइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिवसमेत रहनुभएका किशोर जोशीले गुर्जो रोप्न चाहने सबैलाई निःशुल्क वितरण गर्ने अभियानमा आफूहरु सक्रिय रहेको जानकारी दिनुभयो । महिला सञ्जालका कार्यवाहक अध्यक्ष लक्ष्मी गिरीलगायतको समूह गुर्जो रोपण अभियानमा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।