Logo बैशाख २, २०७८ बिहीबार


तरकारीको मूल्य झन- झन आकासिंदै, प्रतिकिलो १ सय रुपैयाँमाथि

    फाइल तस्बिर 

काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश तरकारीको मूल्य भने दिनहुँ उकालो लागिरहेको छ । पछिल्लो समय उपत्यकामा अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ ।

लकडाउन खुकुलो भएर ढुवानी सहज भएपनि बजारमा तरकारीको मूल्य बढिरहेको पाइएको हो । मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेकोले तरकारीको मूल्य वृद्धि भएको व्यवसायीको तर्क छ । गत चैत ११ देखिको निरन्तरको लकडाउनले आम्दानी खुम्चिरहेका अवस्थामा तरकारी महँगो हुँदा उपभोक्ताले मार खेप्नुपरेको छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा यता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको बताउनुभयो । ‘किसानले सबै तरकारी उत्पादन घटाएकोले आपूर्ति नै करिब २ सय टनका दरले घट्दा मूल्यमा चाप परेको हो,’ उहाँले भन्नुभयो ।

सरोकारवाला सरकारी निकायहरुले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गर्ने गरिएको बताएका छन् । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताउनुभयो । उहाँले आलु, प्याज लुकाउने र बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको पनि प्रष्ट पार्नुभयो ।

मूल्य वृद्धिको कारण उत्पादनमा गिरावट
कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ देखि सरकारले लकडाउन गर्दा किसानले उत्पादन गर्न नपाउनु मूल्य वृद्धिको प्रमुख कारण देखिन्छ । गरिएको उत्पादन पनि बारीमै सड्ने र किसानले लागत मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्न बाध्य हुनुपर्ने स्थितिले  मूल्य वृद्धि भएकाे हाे ।

चैत र वैशाखमा किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउनु र निरन्तर लकडाउन जारी रहनुले तरकारी नै लगाउन नसकिएको किसान र व्यवसायीको भनाइ छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भन्नुहुन्छ्, ‘काउली र गोलभेँडाजस्ता धेरै खपत हुने तरकारीको बिउ नै आयात हुन नसक्नुले किसानले लगाउन पाएनन् र यहाँ उपलब्ध हुने बिउबाट पनि धेरै खपत नहुने र मूल्य घट्ने त्रासका कारण खासै तरकारी लगाएनन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।