Logo कार्तिक १५, २०७७ शनिबार


मसला उद्योगबाट पानीपुरी बनाउने पुरी जफत

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मसला उद्योगबाट पानी पुरी बनाउन प्रयोग हुने पुरी जफत गरेको छ । आइतबार बिहान बालाजुमा रहेको शुभकामना मसला उद्योगबाट अनुगमन टोलीले  २५ प्याकेट पुरी जफत गरेको हो ।

बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिक्री वितरण बढिरहेको र प्याकिङ नगरी मूल्य सूची बिनै कारोबार हुन थालेको सूचना पाएपछि अनुगमनमा निस्केको महानगरको टोलीले पानी पुरी बनाउन प्रयोग हुने पुरी जफत गरेको हो ।

शुभकामना मसला उद्योगलाई यस अघि पनि यस्तो नगर्न चेतावनी दिएपनि पुन: दोहो-याएकोले सामान नै जफत गर्नुपरेको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए ।

त्यस्तै छड्के अनुगमनका क्रममा अनुगमन टोलीले वनस्थलीस्थित भवानी स्टोरमा पनि बिलबिजक र मूल्यसूची बिना नै कारोबार गरिरहेको फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।