Logo कार्तिक १२, २०७७ बुधबार


जीप र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

फाइल : तस्वीर

काठमाडौं । महोत्तरीमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । जिल्लाकाे बर्दिवास नगरपालिका वडा नम्बर ६ मा नज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडी बसेका २८ वर्षीय देव बहादुर खपाङ्गाी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।