Logo कार्तिक १३, २०७७ बिहीबार


नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

 फाइल तस्बिर 

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । यसअघि नै सम्पन्न पार्टीको स्थायी समिति बैठकका निर्णय कार्यान्वयनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

बैठक तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने तय भइसकेको छ । नेकपा स्रोतका अनुसार पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे पनि बैठकमा छलफल हुनेछ ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे निर्णय हुनसक्ने

नेकपाको यो बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे पनि निर्णय हुने एक सचिवालय सदस्यले जानकारी दिए । सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेगरी बैठकबाट निर्णय गरिने ति सचिवालय सदस्यले बताए ।

उनका अनुसार नेकपा बैठकले सचिवालय सदस्यहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्नेछ ।

स्थायी समिति बैठकमा अध्यक्षद्वयले गरेको प्रस्तावमा मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्नेबारे भएको सहमति कार्यान्वयन गर्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

नेकपामा साढे २ वर्षअघि मन्त्री भइसकेकालाई बिदा गरेर नयाँलाई मौका दिनुपर्ने कोणबाट पनि छलफल भइरहेको छ । कतिपयले कार्यसम्पादनमा कमजोर रहेकालाई पनि हटाउनुपर्ने माग गर्दै आएका छन् । नौ सदस्यीय सचिवालयमा रहेका ३ सदस्यलाई पनि मन्त्रिमण्डलमा समावेश गर्ने या नगर्नेबारे पनि नेकपामा बहस चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।