Logo कार्तिक १२, २०७७ बुधबार


सरोकारवालाले चासो नदिएपछि स्थानीयले पन्छाए पहिराे

खगेन्द्र पराजुली
नवलपुर । पाँच दिनदेखि अवरुद्ध नवलपुरको ग्रामीण सडक अझै पूर्ण रुपमा खुलेको छैन । तराई, भित्री–मधेश र पहाडी तीनतले जिल्लाका रुपमा समेत परिचित नवलपुरको मुख्य बाटो मुण्डे–धौवादीखण्ड पहिरोका कारण अवरुद्ध भएको पाँच दिनसम्म पनि सरोकारवाला निकायको ध्यान नपुग्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ ।

नवलपुरको सदरमुकाम कावासोती नगरपालिका र मुख्य–सडक सञ्जालसँग जोडिएको देबचुली नगरपालिका तथा पहाडी गाउँपालिका बुलिङटार र हुप्सेकोट गरी चार वटा पालिकाको संगममा रहेको पाङ्ग्रे नजिकै ठूलीखोल्सामा पहिरो खस्दा माल–सामान ढुवानी गर्ने साधन दुबैतर्फ रोकिएका छन् ।

तीन दिनसम्म दुई पाङ्ग्रे साधन तथा पैदलै पनि पहिरोस्थल छिचोल्न नसकिने अवस्था भएकाले बिरामीलाई अस्पताल पुर्याउन नसकिएको स्थानीयले बताएका छन् । पहिरो पन्छाउन प्रशासनलाई बुधबारदेखि जानकारी गराइएको तर अलिहेसम्म कुनै पनि पहल नभएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले बताउनुभयो ।

प्रशासन र सडक कार्यालय समेतले पूर्ण रुपमा अवरुद्ध बनेको बाटो खुलाउन कुनै पहल नगरेपछि गाउँलेहरु खटेर पैदल र मोटरसाइकलसम्म वारपार गर्न मिल्ने गरी पहिरो पन्छाएका छन् । सडक माथिबाट खसेको पहिरो हटाउन पहल नहुँदा नवलपुरका बुलिङटार, बौदीकाली र हुप्सेकोट गरी तीन वटा पहाडी गाउँपालिकामा असुविधा भएको छ ।

यस बाटोलाई गण्डकी प्रदेश सरकारले लाईफलाईनको रुपमा लिएको छ । तर स्तरोन्नति तथा मर्मत–संभारमा ध्यान नपुग्दा वर्षेनी वर्षायाममा आउने बाढी–पहिरोले बाटो प्रभावित भइरहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।