Logo कार्तिक १२, २०७७ बुधबार


अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी । अमेरिकाले तत्कालका लागि चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकमाथि प्रतिबन्ध लगाउने पूर्व निर्णय कार्यान्वयनमा नल्याउने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकामा सञ्चानलनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् ।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबीच सम्झौता भएको छ । उक्त समझौतलाई आफूले सहमति प्रदान गरेको ट्रम्पले बताएका हुन् ।

ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए । टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको हुन सक्ने ट्रम्प प्रशासनको आरोप छ । तर टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ ।

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबीच सम्झौता भएको हो । सम्झौतापछि झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएका छन् ।

एक दिनअघि अमेरिकामा टिकटक तथा वीच्याटको डाउनलोड प्रतिबन्धित गर्ने घोषणा गरेको थियो । अब सम्झौतालाई ट्रम्पले स्वीकृत गरेसँगै टिकटक अमेरिकामा प्रतिबन्धित नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।