Logo कार्तिक १२, २०७७ बुधबार


नेपालको संविधान उदाहरणीय छ : पूर्व प्रधानमन्त्री खनाल

भगीरथ भण्डारी
इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलनले बनाएको संविधान उदाहरणीय रहेको बताउनुभएको छ । ‘विश्व इलामेली भर्चुअल सम्मेलन–२०२०’ लाई सम्बोधन गर्दै नेता खनालले जनताले बोल्नसमेत नपाउने राजनीतिक व्यवस्थामाथि जीत हासिल गरेर लोकतन्त्र ल्याउन सफल भएको बताउनुभयो ।

‘आजभन्दा ३० वर्ष अघिसम्म तत्कालीन शासकले कुण्ठित गरेको अधिकार ल्याएर हामी अहिले नयाँ व्यवस्थामा छौँ’, खनालले भन्नुभयो । उहाँले सम्भावनै सम्भावनाले भरिपूर्ण इलाम ‘देशकै नमूना जिल्ला’ रहेको बताउनुभयो । चिया, अलैँची, अदुवालगायतका कृषिउपज उत्पादन हुने नेपालकै उत्कृष्ठ जिल्लामा इलाम पर्ने समेत इलामले बताउनुभयो ।

विगतमा बिजुली, खानेपानी र सडक पूर्वाधार अभाव रहेको इलाममा अहिले भने धेरै पूर्वाधार पुगेको उहाँको भनाइ छ । ‘इलामका लागि गर्न बाँकी धेरै काम छन्’, खनालले भन्नुभयो, ‘यहाँ पर्यटकीयदेखि कृषिजन्य पदार्थ उत्पादनका लागि पनि उल्लेखिय काम गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।