Logo कार्तिक १२, २०७७ बुधबार


बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका एक जना पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज–२१ पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

मृतक पुरुष भदौ २० गते साँझ स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई कोरोना आशंकामा स्वाब संकलन गरी परीक्षण गर्दा २१ गते कोरोना पुष्टि भएको थियो । उनलाई प्लाज्म थेरापी र रेम्डीसिभिरबाट औषधी पनि चलाइएको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि शनिबार ५ः३० बजे भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि शनिबार राति ११ः३० बजे भेरी अस्पतालमा नै उनको मृत्यु भयो । उनको दुबै तिरको फोक्सोमा निमोनिया भई एआरडिएसमा गई मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।