Logo कार्तिक १२, २०७७ बुधबार


पाक्न थाल्यो जुम्ली मार्सी धान

जुम्ला । जिल्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान पाक्न थालेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान पाक्न थालेको हो ।

यहाँ फलेको जुम्ली मार्सी धानबाट उत्पादन हुने चामल देशका विभिन्न शहरमा राम्रो मूल्यमा बिक्री हुने गरेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष कलिमान महताराले बताउनुभयो । उहाँले भन्नुभयो,“काली मार्सी धानको संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारले किसानलाई विभिन्न राहतका कार्यक्रम ल्याउन आवश्यक छ ।”

हाल विभिन्न रोग तथा जलवायु परिर्वतनले गर्दा पनि धान उत्पादन घट्दै गएको किसानहरु बताउँछन् । स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म पुगेको छ । राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्याउने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । करीब सात सय वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धान भित्र्याएको विश्वास गरिन्छ ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । जिल्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाकाले बताउनुभयो । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, अडिलो र स्वस्थकर हुने गरेको यहाँका जानकार बताउँछन् । निकै पोषिलो र अत्याधिक कार्बोहाइड्रेट भएको काली मार्सी स्वास्थ्यवर्धक पनि मानिन्छ ।

मार्सी धानको चामल खैरो रङको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभयो । लामो समयदेखि जुम्लाबाट काली मार्सी चामल ल्याई काठमाडौँमा व्यापार गर्दै आएका जुम्लाका व्यापारी लालबहादुर रोकायाले कोरोनाले देश लकडाउन हुँदा व्यवसायमा सकस भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।