Logo कार्तिक १०, २०७७ सोमबार


भर्चुअल कार्यक्रममार्फत् दुईवटा उत्पादन सार्वजनिक

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँदै दुईवटा नयाँ उत्पादन मी टिभी ४एक्स, (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ । योसँगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले आइतबार यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको हो ।

मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करण मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा ४के १०—बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई शाओमीको इन—हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ । एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २०वाट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित भएकाे कम्पनीकाे भनाइ छ।

मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँदछ । मी एलईडी टिभी ४ए प्रो (४३) यो नयाँ मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ ।

‘यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ जसले डीटीएस—एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठूलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।’ कम्पनीले भनेकाे छ ।

टिभीकाे बारेमा जानकारी दिँदै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘हामी दुईवटा आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।’

दुबै टिभीका लागि असोज ३ बाट प्रि-बुकिंग शुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।