Logo कार्तिक १३, २०७७ बिहीबार


पुनर्जीवित रानीपाेखरी (फाेटाेफिचर)

रूपा घिमिरे

काठमाडौं । रानीपोखरीमा तीन करोड लिटर पानी जम्मा गरिएको छ । २०७२ को भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै तीन करोड लिटर पानी भरिएको हो । उजाड रहेकाे पाेखरीमा पानी भरेसँगै रानीपाेखरीले पुनर्जीवन प्राप्त गरेकाे छ ।

आउने तिहारसम्म सर्वसाधारणका लागि खुला गर्न लागिएको रानीपोखरीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा आयोजना कार्यान्वयन निर्देशनालयले पानी भरेको बताइएको छ । पानी भर्नका लागि खानेपानी मन्त्रालयले सहयोग पुर्याएको निर्देशनालयको भनाइ छ ।

पाँच वर्षभन्दा बढी समयदेखि खाली रहेको रानीपोखरी पानीले भरिएपछि सुन्दर देखिएकाे छ । पोखरीमा पानी भर्न दुई दिन लागेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले बताउनुभयो । उहाँका अनुसार रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आगामी तिहारमा सर्वसाधारणका लागि खुला गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।