Logo कार्तिक १०, २०७७ सोमबार


कोरोनाबाट थप १० जनाको मृत्यु, मृतक ४११ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । ६ जना महिला र चार जना पुरुष गरी आइतबार थप १० जनाको मृत्यु भएको हो ।

काठमाडौंका तीन महिला र एक जना पुरुष, भक्तपुर र ललितपुरका एक/एक जना महिला गरी उपत्यकामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।