Logo कार्तिक १४, २०७७ शुक्रबार


वडाध्यक्षकी श्रीमतीलाई दोहोरो सुविधा

आशिष बहादुर सिंह
बझाङ । जयपृथ्वी नगरपालिका–५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको पाइएको छ । वडाध्यक्ष सिहंकी श्रीमती लक्ष्मी देवी सिंह स्थानीय ऋषिकुण्ड आधारभुत विद्यायमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । लक्ष्मी लुयाटा स्थास्थ चौकीअन्र्तगतको महिला स्वास्थ स्वयमसेविका पनि हो ।

लक्ष्मीले विगत लामो समयदेखि नै दोहोरो सुविधा लिइरहेको पाइएको छ । एउटा व्यक्तिले दोहोरो सरकारी सुविधा लिन नपाउने व्यवस्था छ । दोहोरो सुविधा लिन नपाउने व्यवस्था भएपनि वडाध्यक्षले राजनैतिक शक्तिको आडमा श्रीमतीलाई दोहोरो सुविधा दिइरहेको स्थानीयको भनाइ छ । स्थानीयले दोहोरो सुविधा लिन नपाउने भन्दै बारम्बार विरोध जनाए पनि वडाध्यक्ष सिहंले श्रीमतीलाई दोहोरो सुविधा दिइरहनुभएको आरोप छ ।

दोहोरो सुविधा लिएको भन्दै जयपृथ्वी नगरपालिकामा स्थानीयको उजुरी समेत परेको थियो । नगरपालिकाले दोहोरो सुविधा लिएको सत्यतथ्य केहो राय पेश गर्न लुयाटा स्वास्थ्य चौकीलाई परिपत्र गरेको थियो । नगरपालिकामा उजुरी परेको दुई महिना बितिसक्दा समेत वडाध्यक्ष सिहंकी श्रीमतीले दोहोरो सरकारी सुविधा उपभोग गरिरहनुभएको छ ।

वडाध्यक्ष सिंह स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । राजनितिक पावरको भरमा आफ्नै श्रीमतीलाई दोहोरो सरकारी सुविधा उपभोग गर्न दिएको र वडाका अन्य योजनाहरु समेत राजनैतिक आस्थाका आधारमा वितरण गर्ने गरेको स्थानीयको आरोप छ । यस विषयमा वडाध्यक्ष सिहंले भने स्वयमसेविका बाट हटाउन परिपत्र आइसकेकाले अबको केही दिन भत्रै महिला स्वास्थ्य स्वंयमसेविकाको पदबाट राजिनामा दिने बताउनुभयो ।

सिंहका अनुसार गाउँमा आमा समुहको बैठक बसिसकेको र स्वयमसेविका छनौट भय लगत्तै महिला स्वास्थ्य स्वंयमसेविकाको पदबाट राजिनामा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।