Logo कार्तिक ५, २०७७ बुधबार


‘महारानी’ लाई २०७६ सालको मदन पुरस्कार

काठमाडौं । २०७६ सालको मदन पुरस्कार ‘महारानी’ उपन्यासका लेखक एवं पूर्व सांसद चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ ।

वि.सं. २०७६ सालमा प्रकाशित भएका पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएका थिए । तीमध्ये ७ पुस्तक ‘मदन पुरस्कार सूची २०७६’ का रुपमा छनोटमा परेका थिए ।

‘महारानी’का साथै विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्म–महारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्ट , ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको गरी ७ पुस्तक छनोट सूचीमा परेका थिए ।

यस्तै, २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।

६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पु¥याएका भन्दै ठटाललाई पुरस्कृत गर्न लागेको मदन पुरस्कार गुठीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।