Logo कार्तिक १०, २०७७ सोमबार


शान्ति ठटाललाई यस वर्षको जगदम्बा–श्री पुरस्कार

काठमाडौं । यस वर्षको जगदम्बा–श्री पुरस्कार वरिष्ठ संगीतकार तथा गायक शान्ति ठटाललाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीले छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको हो ।

भारत दार्जिलिङकी संगीतकार तथा गायिका ठटाल ६ दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले स्व. गुरुप्रसाद मैनालीको कथाकृतिमा आधारित चलचित्र परालको आगोमा संगीत सिर्जना गर्नुभएको थियो । उहाँ नेपाली चलचित्र क्षेत्रका पहिलो महिला संगीतकार हुनुहुन्छ ।

विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो ।

यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।

को हुन् शान्ति ठटाल ? हेर्नुहोस् उहाँबारेको यो वृत्तचित्र : 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।