Logo कार्तिक ६, २०७७ बिहीबार


गुडिरहेको कारमा भिडियो बनाइरहेकी महिला दुर्घटनामा

एजेन्सी । बेलायतमा मोबाइलमा भिडियो खिच्ने सौखले एक महिलाले झण्डै ज्यान गुमाउनुपरेको समाचार सार्वजनिक भएको छ ।

बेलायतमा एक महिला राजमार्गमा गुडिरहेको कारबाट लडेर घाइते भएकी हुन् । गुडिरहेको कारबाट शरीर बाहिर निकालेर उनी स्न्यापच्याट बनाइरहेकी थिइन् । ती महिलाको एक्कासी सन्तुलन बिग्रिदा लड्न पुगेको समाचारमा उल्लेख छ । तर उनी भाग्यवश्ती ठूलो दुर्घटना हुनबाट भने बचेकी छिन् ।

रोड पुलिसिङ युनिटले यो घटनाका बारेमा शनिवार ट्वीट गरेर जानकारी दिएको छ । प्रहरीका अनुसार गुडिरहेको कारबाट खसेर ती महिला लेनमा परेकी थिइन् । संयोगवश उनलाई केही भएन ।

प्रहरीले यसबारेमा ट्वीट गरेपछि अहिले यो विषय सबैको चासोको विषय बनेको छ ।

यो घटना शनिवार करीब १ः३० बजेको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो बनाउनकै लागि आफ्नो ज्यान जोखिममा नमोल्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।