Logo कार्तिक १०, २०७७ सोमबार


संस्थागत विद्यालय शिक्षक यूनियनद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । संस्थागत विद्यालय शिक्षक यूनियन (ईस्टु) ले विभिन्न दश बुँदे माग राखी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा ईस्टुले असोज ९ गतेसम्ममा सबै महानगरपालिका, नगरपालिका एवं गाउँपलिकाहरुमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

ईस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक र कर्मचारीले खाईपाई आएको तलब, सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा गरिएको बताउनुभयो । ईष्टुले निश्काशित शिक्षक तथा कर्मचारीलाई पुनर्वहाली गर्नुपर्ने माग गरेको छ ।

ईष्टुले असोज ११ देखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम पत्र दिने कार्यक्रम बनाएको छ । प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र बुझाउने कार्यक्रमसमेत ईस्टुले बनाएको छ । आफ्ना मागहरु पूरा नभए असोज १५ गते सबै महानगर, उप–महानगर, गाउँपालिकामा धर्ना दिने कार्यक्रम बनाएको ईष्टुले असोज १८ गते देशका प्रमुख शहरहरूमा विरोध र्याली गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।