Logo कार्तिक १२, २०७७ बुधबार


नेकपाका केन्द्रीय सदस्य तथा पूर्णकालीन कार्यकर्तालाई नियमित तलब !

काठमाडौं । पार्टी सचिवालय वैठकको प्रस्ताव पारित भए सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्णकालीन कार्यकर्ताहरुले नियमित तलब पाउनेछन् ।

पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्णकालीन कार्यकर्ताहरुलाई मासिक तलबको प्रस्ताव आएको हो ।

बैठकमा पार्टी सदस्यहरुलाई नियमित आर्थिक सहयोग गर्नुपर्ने प्रस्ताव आएको नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

त्यसो त नेकपामा नेता तथा कार्यकर्ताहरुलाई आर्थिक सहयोग गर्ने कुरा नयाँ नभएको पार्टीका नेताहरुको भनाइ छ । नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पकेट खर्चको रुपमा केन्द्रीय सदस्य र पूर्णकालीन सदस्यहरुलाई महिनावारी खर्च दिने चलन नयाँ नभएको बताउनुभयो ।

उहाँले पञ्चायतकाल देखि एकीकरण अघिसम्म पार्टीले पकेट खर्चका लागि भनी नियमितरुपमा रकम दिने गरेको बताउनुभयो । तर एकीकरण भएपछि भने त्यो रकम दिन रोकिएको ज्ञवालीले बताउनुभयो । आर्थिक उपार्जनका पेशा व्यवसाय छाडेर पार्टीका लागि हिड्ने कार्यकर्तालाई आर्थिक सहयोग गर्नु स्वभाविक रहेको उहाँको भनाइ छ ।

एकीकरण अघिसम्म एमालेले केन्द्रीय सदस्यलाई १० हजार र स्थायी कमिटी सदस्यलाई १५ हजार रुपैया दिने गरेको थियो ।

पूर्व माओवादी पार्टीमा भने नेता तथा कार्यकर्तालाई मासिक खर्च दिने चलन नरहेको एक नेताले बताए । तर बिरामी पर्दा वा अन्य समस्या पर्दा भने आर्थिक सहयोग गर्ने गरेको उनको भनाइ छ ।

आइतवारको बैठकमा कति दिने भन्ने विषयमा नतोकिए पनि अहिले दिँदै आएको भन्दा बढी नै रकम दिनुपर्छ भन्ने प्रस्ताव आएको एक सचिवालय सदस्यले बताए ।

पार्टीहरुले सांसद तथा मन्त्रीसहित राजनीतिक नियुक्ति पाउने व्यक्तिहरुबाट नियमित रुपमा आम्दानीको निश्चित प्रतिशत रकम लेभीको रुपमा उठाउँदै आएको छ ।
पोलिटब्युरो अझै गठन नगरेको नेकपामा अहिले ४ सय ४१ जना केन्द्रीय सदस्य छन् भने स्थायी समितिमा ४५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।