Logo कार्तिक ६, २०७७ बिहीबार


टिकटकबाट कलाकार छान्दै प्रियंका, उत्कृष्ट हुनेले चलचित्रमा काम गर्न पाउने

काठमाडौं । मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ । नेपाली चलचित्र वृत्तमा नयाँ र प्रातिभावान् कलाकार भित्रयाउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताको लागि निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ ।

प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा लोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने आयोजकले जनाएको छ । आगामी २९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि आयोजक द जीएमआईले जनाएको छ । प्रतियोगितामा सहभागी हुन १ सय रुपैयाँ शुल्क राखिएको छ ।

यो प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यस्तै, १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ । यो प्रतियोगितामा दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने बताइएको छ । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।