Logo कार्तिक १४, २०७७ शुक्रबार


रिएजेन्ट अभाव हुँदा सप्तरीमा पीसीआर परीक्षण बन्द हुने अवस्था

विद्यानन्द राम
राजविराज । सप्तरीकाे गजेन्द्रनारायण सिंह अस्पतालस्थित प्रयोगशालामा रिएजेन्टसहितका स्वास्थ्य सामाग्री अभाव हुँदा कोरोना परीक्षण बन्द हुने अवस्थामा पुगेको छ । सप्तरीमा नौ सय नमुना स्वाब परीक्षण गर्न बाँकी रहकै बेला प्रयोगशालामा रिएजेन्ट अभाव भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रंजीतकुमार झाले अभावबारे सम्वन्धित ठाउँमा जानकारी गराउँदा पनि हालसम्म अभावपूर्ति नहुँदा समस्या भइरहेको बताउनु भएको छ । यस प्रयोगशालाबाट हालसम्म १६ हजार एक सय ६३ जनाको पीसीआर परीक्षण गरिएको
छ । हालसम्म सप्तरीमा एक हजार दुई सय दुई जनामा संक्रमण देखिएको छ । जसमध्ये अझै तीन सय ९२ जना संक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये हालसम्म आठ सय दुई जना निको भएर डिस्चार्ज भइसकेका छन् भने १० जनाको संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।