Logo फाल्गुन १६, २०७७ आइतबार


सुर्खेतमा राष्ट्रिय वाणिज्य बैंकको २४१औं शाखा सञ्चालन

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतको वीरेन्द्रनगरमा शाखा सञ्चालन ल्याएको छ । बैंकका अनुसार बैंकको यो शाखा २ सय ४१ औं शाखा हो ।

शाखाको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गर्नुभएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । शाखाको उद्घान गर्दै मन्त्री ज्वालाले रावा बैंक पूर्ण सरकारी बैंक भएकाले सर्वसाधारणलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बैकका कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका
प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।