कोरा सैद्धान्तिक शास्त्रार्थ, बहस अनि कोठे राजनीतिमा प्रयोग गरिने मार्क्सवादी बस–ऊठलाई स्वयम् जननेता मदन भण्डारीले निषेध गर्नुभएको थियो । उहाँले कम्युनिष्ट पार्टीको नीति र कार्यक्रमलाई बहस, मूल्याङ्कन र जाचको लागि आम जनताको बीचमा पाँचौ राष्ट्रिय महाधिवेशनमै खुल्ला गरिदिनु भएको थियो । यसले पार्टी र आम कार्यकर्ताहरूलाई श्रेष्ठताको लागि जबरजस्त जनताको सेवामा लगाएको थियो । आजकल हामी जनताको भन्दा नेतृत्वको सेवामा रमाऊन थालेका छौं ।पुरुषोत्तम पौडेलमार्क्सवाद विचार र व्यवहारको तालमेल हो । मार्क्सवाद कुनै जड सिद्धान्त होईन । यो सिर्जनात्मक विचार प्रवाह हो । मार्क्सवादजडसुत्र पनि होईन । यो ठोस परिस्थितिको सहि विश्लेषणवाट व्यवहारमा उतारिने रचनात्मक विचार हो । मार्क्सवादलाई जडसुत्र वनाऊन अनि यसलाई युगभन्दा पर राखेर पूजा गर्न चाहानेहरू सबै असफल भैसकेका छन् । संसारभरी भएको प्रयोगलाई हेर्दा मार्क्सवाद न जडसुत्र भएर रहन सक्यो, न त यो कसैको ईच्छा अनुकूल व्याख्या भएर उसैको पछि लागेर गयो । मार्क्सवादसमाज विज्ञानको त्यो सुसंस्कृत विचार पद्दतीको रूपमा विकसित भयो, जसले सामाजिक परिवर्तनलाई गति प्रदान गर्यो र परिवर्तन विरोधीहरूलाई ठेगान लगाई दियो ।मार्क्सवाद गतिशील विज्ञान पनि हो । यो यथास्थितिमा रहनै सक्दैन । समाज आफै परिवर्तनशील सामाजिक संरचना हो जुन यथास्थितिमा अडिनै सक्दैन । मार्क्सवाद र समाजको यहि मेललाई वुझ्नु नै असल मार्क्सवादी हुनु हो । मार्क्सवाद हुने अनि मार्क्सवादको गतिशीलता र समाजको परिवर्तनशीलतालाई वुझ्न सकिएन भने त्यो खोक्रो मार्क्सवाद मात्र हुन्छ । आज हाम्रो समाजमा मार्क्सवादी हुने र यसको गतिशीलतालाई नवुझ्ने, वेवास्ता गर्ने अनि मार्क्सवादी भएर पनि समाजको परिवर्तनशीलतालाई ख्याल नगर्ने प्रवृत्ति बढेको छ । यसले मार्क्सवादको सार्थकतालाई कमजोर वनाऊने र परिवर्तन प्रतिको जनताको विश्वासलाई समेत शिथिल वनाऊने सम्भावना रहन्छ।
श्रमजीवी वर्गको श्रम र श्रमको मूल्य प्राप्तिको चाहले वर्ग संघर्षलाई तीव्र वनाउँछ । समाजमा व्याप्त वर्ग संघर्षको तीव्रताले नै समाजमा गति र परिवर्तन ल्याउछ । समाजमा अन्तरनिहीत द्वन्द्व र गतिको अध्ययन नै ऐतिहासिक भौतिकवाद हो । ऐतिहासिक भौतिकवाद समाज र इतिहासलाई हेर्ने मार्क्सवादी दृष्टिकोण हो । समाजको गति र परिवर्तनशीलतालाई सहि अर्थमा वुझेर आत्मसात गर्ने सिद्धान्त मार्क्सवाद हो । मार्क्सवादले समाजलाई हेर्ने वुझ्ने र व्याख्या गर्ने दार्शनिक सोचमै परिवर्तन ल्याई दियो । यसले समाजलाई हेर्ने वुझ्ने र व्याख्या गर्ने मात्र होईन समाजलाई वदल्ने समेतको क्रान्तिकारी दृष्टिकोण अघि सार्यो । मार्क्सवादले समाजलाई वदल्ने क्रान्तिकारी विचार र दृष्टिकोण अघि सार्ने वित्तिकै दुनियाँ भरी तहल्का मच्चियो ।सामन्त तथा पूँजीपतिहरूको साम्राज्यमा हलचल पैदा गरिदियो । तत्कालै सामाजिक परिवर्तनका अभ्यासहरू शुरू भए । पुँजीवादी संसारमा एक किसिमको भूकम्प जान थाल्यो । शोषक ठालुहरूको ओठ तालु सुक्न थाले । मजदुर, किसान र शहरीया बुद्धिजीवीहरूको एउटा हिस्साको मुहारमा अनौठो उर्जा प्रवाह भएर नयाँ ताकत सिर्जना भयो । यो सब मार्क्सवादको परिवर्तनशीलता र समाजको गतिशीलताकै परिणाम थियो ।समाजको गतिशीलताको कारण र कारक समेतको पहिचान मार्क्सवादले मात्र गर्न सकेको हो । मार्क्सवादले समाजको गतिशीलताको कारण वर्ग संघर्ष हो र कारक चाँहि श्रमजीवी वर्ग हुन् भन्ने कुरा स्थापित गरिदियो । श्रमजीवी वर्गको श्रम र श्रमको मूल्य प्राप्तिको चाहले वर्ग संघर्षलाई तीव्र वनाउँछ । समाजमा व्याप्त वर्ग संघर्षको तीव्रताले नै समाजमा गति र परिवर्तन ल्याउछ । समाजमा अन्तरनिहीत द्वन्द्व र गतिको अध्ययन नै ऐतिहासिक भौतिकवाद हो । ऐतिहासिक भौतिकवाद समाज र इतिहासलाई हेर्ने मार्क्सवादी दृष्टिकोण हो । यसैले सामाजिक परिवर्तनलाई अभिव्यक्त गरिरहेको हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मार्क्सवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने दृष्टिकोणका साथ क्रियाशील छ । विशेष गरी जड भएर बसिरहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई गति दिन आवश्यक थियो । नेपालमा अहिले पनि मार्क्सवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गर्ने थुप्रै कम्युनिष्ट पार्टीहरू क्रियाशील रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मार्क्सवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने दृष्टिकोणका साथ क्रियाशील छ । विशेष गरी जड भएर बसिरहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई गति दिन आवश्यक थियो । यही जिम्मेवारीलाई पूरा गरेको थियो–तत्कालीन नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यक्रम जवजले । जवजले कम्युनिष्ट आन्दोलनलाई औपचारिक रूपमा वहुदलीय प्रतिस्पर्धामा लगिदियो । यसले प्रतिस्पर्धाबाटै आफूलाई अब्बल तथा श्रेष्ठ सावित गरेर अघि वढ्ने सहास गर्यो । त्यही सहासले जननेता मदनकुमार भण्डारीलाई स्थापित गर्यो र नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि लोकप्रिय बनाई दियो ।अहिले नेकपामा सिद्धान्त र कार्यक्रमका बारेमा खासै वहस तथा मत भिन्नता देखिदैन । यसले मार्गदर्शक सिद्धान्तको रूपमा मार्क्सवाद लेनीनवादलाई स्वीकार गरेको छ । पार्टीको दीर्घकालीन कार्यक्रम या लक्ष्यको रूपमा समाजवादलाई अंगीकार गरेको छ । पार्टीको तात्कालिक कार्यक्रमको रूपमा जनताको जनवादलाई अघि सारेको छ । “ जनताको जनवाद “ सारमा जवजकै अर्को नाम हो । स्वयम् जननेता मदनकुमार भण्डारीले जवजको व्याख्या गर्दा यो कुरालाई स्वीकार गर्नुभएको छ । नेकपाले पनि नेकपा एमालेले अघि सारेको जवज र नेकपा माओवादी केन्द्रले अघि सारेको २१ औ शताव्दीको जनवादको सारलाई अंगीकार गर्दै आगामी महाधिवेशनवाट बाँकी कुरा टुङ्गो लगाउने गरी “ जनताको जनवाद “ लाई पार्टीको कार्यक्रमको रूपमा प्रस्ताव गरेको हो ।
देशमा कम्युनिष्ट पार्टीको एकलौटी सरकार छ । त्यसमा पनि शान्तिपूर्ण आन्दोलनको बाटोलाई रणनीतिक ढंगले स्वीकार गरेर आएको पार्टी र सशस्त्र युध्दको माध्यमबाट क्रान्ति गर्न अग्रसर दुई ठूला पार्टीहरू एक ठाउँमा आएका छन । विशाल शक्ति र अनुभव एकीकृत भएको छ । यो हाम्रो निम्ती ठूलो अवसर हो । यो अवसरलाई आपसी विवाद र झगडा अनि अहमतमा खेर नफाली पूरापुर राष्ट्र निर्माणको लागि उपयोग गर्नुपर्दछ ।
अहिले नेकपा आफ्नो एकता महाधिवेशनको तयारी गरिरहेको छ । कम्युनिष्ट पार्टीको महाधिवेशन भनेपछि वैचारिक तथा नीतिगत वहस सवभन्दा अगाडि आउँछ । नेकपाको सामुन्ने पार्टीको नीति र कार्यक्रमका बारेमा वहस भन्दा पनि उपयुक्त विश्लेषण र त्यसको व्यवहारिक प्रयोगका सन्दर्भमा वढि ध्यान जानु आवश्यक देखिन्छ । यस परिवेशमा नेकपाको आगामी महाधिवेशनको वहसको मुद्दा पार्टीको पुनर्गठन र देशको नवनिर्माण हुनुपर्दछ ।विचार, संगठन र कार्यशैलीको क्षेत्रमा व्यापक पुनर्गठन गरेर पार्टी लाई जनव्यापी, लोकप्रिय र शक्तिशाली वनाउनु पर्दछ । नेपाललाई नयाँ आधारमा उठाउनको लागि देशको मूल पार्टीको रूपमा नेकपालाई अझ बलियो बनाएर लैजानु पर्दछ । अनि राष्ट्रिय पुनर्निर्माणको माध्यमबाट भूकम्प, कोरोना, अभाव तथा परनिर्भर अर्थतन्त्रको दुष्चक्रबाट मुलुकलाई बाहिर निकालेर आत्मनिर्भरतातिर अग्रसर बनाउने काम गर्नुपर्दछ । मुलुक वन्यो भने मात्र हामी र हाम्रो पार्टी बन्दछ ।मार्क्सवादी राजनीति मुलुकको आवश्यकता र परिवर्तनको चाहनाबीचको मेल पनि हो । मार्क्सवादले मुलुक र मुलुकबासी जनताको आवश्यकताको पहिचान गर्नुपर्दछ र त्यसलाई सामाजिक रूपान्तरणको माध्यमबाट परिपूर्ति गर्नुपर्दछ । मार्क्सवादसामाजिक रूपान्तरणको माध्यमबाट देश र जनतालाई गतिका साथ अघि बढाउने स्पष्ट दृष्टिकोण भएको विचार र सिद्धान्त हो । यसको सही प्रयोगबाट मात्र जनताको विश्वास प्राप्त गर्न सकिन्छ र राष्ट्रले परिवर्तनको अनुभूति गर्न सक्दछ।
मार्क्सवादसामाजिक रूपान्तरणको माध्यमबाट देश र जनतालाई गतिका साथ अघि बढाउने स्पष्ट दृष्टिकोण भएको विचार र सिद्धान्त हो । यसको सही प्रयोगबाट मात्र जनताको विश्वास प्राप्त गर्न सकिन्छ र राष्ट्रले परिवर्तनको अनुभूति गर्न सक्दछ।सिद्धान्त र व्यवहारको सही तालमेल मार्क्सवादको विशेषता हो । मार्क्सवादले सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने कुरामा जोड दिएको छ ।व्यवहारमा प्रयोग नहुने सिद्धान्तको कुनै मूल्य र महत्व हुदैन । कोरा सैद्धान्तिक शास्त्रार्थ, बहस अनि कोठे राजनीतिमा प्रयोग गरिने मार्क्सवादी बस–ऊठलाई स्वयम् जननेता मदन भण्डारीले निषेध गर्नुभएको थियो । उहाँले कम्युनिष्ट पार्टीको नीति र कार्यक्रमलाई बहस, मूल्याङ्कन र जाचको लागि आम जनताको बीचमा पाँचौ राष्ट्रिय महाधिवेशनमै खुल्ला गरिदिनु भएको थियो । यसले पार्टी र आम कार्यकर्ताहरूलाई श्रेष्ठताको लागि जबरजस्त जनताको सेवामा लगाएको थियो । आजकल हामी जनताको भन्दा नेतृत्वको सेवामा रमाऊन थालेका छौं ।अहिले नेपाली कम्युनिष्ट आन्दोलन अझ विशिष्ट चरणमा आई पुगेको छ । देशमा कम्युनिष्ट पार्टीको एकलौटी सरकार छ । त्यसमा पनि शान्तिपूर्ण आन्दोलनको बाटोलाई रणनीतिक ढंगले स्वीकार गरेर आएको पार्टी र सशस्त्र युध्दको माध्यमबाट क्रान्ति गर्न अग्रसर दुई ठूला पार्टीहरू एक ठाउँमा आएका छन । विशाल शक्ति र अनुभव एकीकृत भएको छ । यो हाम्रो निम्ती ठूलो अवसर हो । यो अवसरलाई आपसी विवाद र झगडा अनि अहमतमा खेर नफाली पूरापुर राष्ट्र निर्माणको लागि उपयोग गर्नुपर्दछ । र, देश र जनताको प्रगति र मुक्तिको चाहनालाई सार्थक वनाउन अर्जुनदृष्टिका साथ ज्यान छोडेर अघि वढ्नु पर्दछ । अब हामीलाई थोरै पनि अल्मलिने छुट छैन ।