Logo कार्तिक ९, २०७७ आइतबार


लौ आयो हिरा र सुनको फेस मास्क,कति पर्छ मूल्य ?

एजेन्सी । कोरोना भाइरसका कारण स्यानिटाइजर र फेस मास्क अहिले मानव जीवनको अभिन्न अंग बनिसकेको छ । स्यानिटाइजर दल्नु दैनिकी बनेको छ भने फेस मास्क लगाउनु अनिवार्य भैसकेको छ ।

मास्कको महत्व यति बढेर गयो कि अब यसलाई फेसनका रुपमा समेत लिन थालिएको छ । त्यसैले बजारमा थरिथरिका फेस मास्कको माग बढिरहेको छ । त्यति मात्र होइन अब त मास्क पनि सुन र हिराको समेत बन्न थालेको छ ।

एक लाखदेखि चार लाख भारु सम्म पर्छ मूल्य

भारतको गुजरातको सूरतमा अवस्थित एक गहना पसलका मालिक दीपक चोकसीले फेस मास्कलाई विशिष्ट लेभलमा पुर्याएका हुन् । उनको पसलमा केही महिना यता हिरा जडित मास्कको विक्री भैरहेको छ । त्यसरी हिरा जडान गरिएका मास्कको मूल्य प्रति गोटा एक लाखदेखि चार लाख भारुसम्म पर्ने गरेको छ ।

उनको पसलमा एकजना ग्राहक आएर बेहुला बेहुलीका लागि छुट्टै किसिमको मास्क माग गरेपछि गहना पसलका मालिक दीपकको मनमा हिरा र सुनको मास्क बनाउने आइडिया फुरेको हो । सबै ग्राहकहरुलाई ध्यानमा राखेर उनको पसलले अहिले विभिन्न मूल्यका हिराजडित मास्क तयार पार्ने गरेको छ । यी मास्कहरुमा सुनको अतिरक्ति शुद्ध हिरा र अमेरिकन हिरा प्रयोग गरिएको छ ।

यस्तै भारतकै महाराष्ट्रको पुणे जिल्ला निवासी शंकर कुरहाडेले आफ्ना लागि सुनको फेस मास्क तयार पारेका छन् । उक्त मास्कको मूल्य तीन लाख भारु रहेको छ ।

शंकर भन्छन्–यो थुप्रै प्वालहरु भएको पातालो मास्क हो । त्यसैले यो मास्क सुनको भए पनि सास फेर्न कुनै समस्या पर्दैन । तर यी मास्कहरु कोरोना भाइरस रोक्न भने कतिको प्रभावकारी छ भन्नेबारे कुनै अधिकारिक पुष्टि भने भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।