Logo कार्तिक ६, २०७७ बिहीबार


मंगलवारदेखि पाँच दिन वर्षा हुने,हावाहुरी र बाढी पहिरोको खतरा

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलवारदेखि मौसम प्रतिकुल हुने भएकोले सतर्क रहन अपील गरेको छ ।

उत्तरपूर्व बंगालमा विकसित जालवायुको प्रभावले मंगलवारदेखि पाँच दिन देशभर पानी पर्ने सम्भावना रहेकोले नदी किनारा र कमजोर भूबनोट भएका स्थानका सर्वसाधारणले विशेष सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

मंगलवारबाट वर्ष हुन शुरु हुने भएकोले रातीबाट देशका सबै नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

असोज ११ गतेसम्म सबै नदीमा पानीको मात्रा बढ्ने भएको सचेत रहन विभागले हाई अलर्ट जारी गरेको छ । महाशाखाले नदीमा पानीको वहाव उच्च हुने पूर्वानुमान रहेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको हो । साथै महाशाखाले असोज ६,७,८,९,१० र ११ गतेसम्म नदीतटीय क्षेत्रका क्रियाकलाप नगर्न र अति उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्तै आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।