Logo माघ ६, २०७७ मंगलबार


पहिरोमा पुरिएर दुईको मृत्यु, एक घाइते

हुमाकान्त पोखरेल
गुल्मी । जिल्लामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–२ हस्तिचौरका ३९ वर्षीय पेम बहादुर कुमाल र ५ वर्षीय सफल कुमालको मृत्यु भएको हो ।

शसस्त्र प्रहरी बल, गुल्म गुल्मीका इन्सपेक्टर कम्लेश कुमार महतोका अनुसार सोही ठाउँका ६० वर्षीय तिलक कुमाल घाइते भएका छन् । उनीहरु तिनैजना सोमबार आफन्तकोमा पुजामा सहभागि भएर घर फर्किँदै थिए । त्यसै क्रममा राति ८ बजे बाटो माथिबाट गएको पहिरोले
पुरिएर उनीहरुको मृत्यु भएको हो ।

घाइते तिलकको सोमबार राति नै उद्धार गरिएपनि दुई जनाको भने आज बिहानमात्रै शव फेला परेको हो । बाटोभन्दा करिब एक सय मिटर
तल नालिको छेउबाट शव निकालिएको महतोले बताउनुभयो । शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगबाट शव निकालिएको थियो । घाइतेको अवस्था भने सामान्य
रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।

एक पटक दर्ता भएको पत्रिका कहिल्यै दर्ता खारेज नहुने गरी कानुनले संरक्षण गरेको छ ।