Logo मंसिर १०, २०७७ बुधबार


हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता २ जनाको शव फेला

फाइल : तस्वीर

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला सोमबार साँझ सडकमाथिबाट आएको पहिरोमा परी बेपत्ताको शव फेला परेको छ । बेपत्ता ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमालको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको हो ।

सँगै बाटोमा हिँडेका एक जना भने बाँच्न सफल भएका छन् । अवरुद्ध सडक सुचारु गर्न डोजर प्रयोग गरिएको छ । त्यो सडक अबरुद्ध भए पनि तम्घासबाट मुसिकोटतर्फ जाने सामाचौर भाडगाउँ सडकबाट गाडी आवतजावत गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…