Logo कार्तिक ११, २०७७ मंगलबार


वीर अस्पतालमा मृत्यु भएका कैदीको विभिन्न अंग गायब

काठमाडौँ । वीर अस्पतालमा मृत्यु भएका कोरोना भाइरस संक्रमितको अंग झिकिएको पाइएको मृतकका आफन्तले दाबी गरेका छन् ।

६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरीरको विभिन्न भागमा चोट रहेको भन्दै उनका आफन्तले छानविनको माग गर्दै वीर अस्पतालमा प्रदर्शन गरेका छन् ।

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका कैदी जैसवालको गत शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाएका छन् ।

कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको दाबी गर्दै मृतककी छोरी रश्मी जैसवालले जेलमा नै आफ्ना बुवाको हत्या भएको अनुमान गर्नुभयो ।

पार्किन्सन र प्रेसरका विरामी जैसवालको गत शनिबार राति अन्दाजी १० बजे निधन भएको थियो । विर अस्पतालका प्रवक्ता विद्यानिधि पौडेलले जैसवाललाई अस्पताल ल्याइपुर्याउनु अघि नै उनको मृत्यु भइसकेको र त्यसपछि कोरोना परीक्षण गरिएको बताउनुभयो । मृतकको शरीरमा त्यस्तो कुनैपनि चोट नरहेको पौडेलले बताउनुभयो ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पनि आफन्तले लगाएका आरोपहरु झुट्टा भएको दाबी गर्नुभयो । उहाँले जैसवाललाई सास फेर्न समस्या भएपछि शनिबार राति १० बजे वीर अस्पताल लगिएको बताउनुभयो । जेलबाट निस्कँदा उहाँ नमस्कार गर्दै विदा भएको र शरीरमा कुनैपनि किसिमको चोट नदेखिएको बाँस्कोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स