Logo कार्तिक ५, २०७७ बुधबार


कोरोना संक्रमणबाट भारतीय मन्त्रीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको बुधबार निधन भएको हो । मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएलगत्तै मन्त्री अंगडी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले बुधबार ट्वीटरमार्फत भनेका छन्ः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए । उनको निधनको खबर निकै दुःखदायी छ । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’

 

उनको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि दुःख प्रकट गरेका छन् । मन्त्री अंगडी कर्नाटकको बेलगाउँबाट १७ औं लोकसभामा निर्वाचिन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।