Logo मंसिर १२, २०७७ शुक्रबार


पहिरोले पुरिएर स्याङ्जामा युवकको मृत्यु

सांकेतिक : तस्वीर
काठमाडौं । गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो ।

वडा अध्यक्ष पाण्डेका अनुसार गएराति २ बजे गौतम टोलका मानबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो । स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । पहिरोमा पुरिएर एकको मृत्यु भए पनि अन्य भने सकुसल रहेका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…