Logo बैशाख २४, २०७८ शुक्रबार


स्याङ्जा पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा माया नेपालीको घर पुरिँदा एकै घरका ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै कालिगण्डकी गाउँपालिका ४, गौतमडाँडाँमा पुरिएर अर्का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका १६ वर्षीय विष्णु दमाई छन्। योसँगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

२५ सञ्चार माध्याममा कार्यरत पत्रकारलाई कोरोना सङ्क्रमण देखिएको अध्यक्ष अधिकारीले बताउनुभयाे ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।