Logo मंसिर ११, २०७७ बिहीबार


नारायणी नदीले खतराको विन्दु पार गर्यो, सतर्क रहन आग्रह

चितवन । नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नदीको बहावले खतराको विन्दु पार गरेको हो ।

नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार बुधबार बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो ।

आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार दुई सय २१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।

त्यतिबेला नदीमा पानीको बहाव १४ हजार सात सय ७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार तीन सय घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिनुभयो ।

बीचको अवधिमा सन् २०१८ को वर्षातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उहाँले बताउनुभयो । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ ।

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो । नदीको बहाव बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उहाँको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।