Logo कार्तिक १०, २०७७ सोमबार


तातोपानी नाका खोल्ने चीनको संकेत

काठमाडौं । चीनले असार २५ गतेदेखि बन्द सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्ने संकेत गरेको छ ।

चीनले नेपाली कामदारको पीसीआर परीक्षण गरेर नाका पुनः सञ्चालनमा ल्याउने संकेत दिएको हो ।

असार २५ गते सिन्धुपाल्चोकको जम्बु बजारमा पहिरो गएपछि नाका पूर्णरुपमा बन्द छ । चीनले सीमा नाकासम्म गएर सामान ल्याउने २९ जना नेपाली कर्मचारीको पीसीआर परीक्षण गर्ने जानकारी दिएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

विहीवार गर्ने तय भएको परीक्षण पानीका कारण रोकिएको बताउदै उहाँले शुक्रवार परीक्षण हुनसक्ने जानकारी दिनुभयो । भन्सार प्रमुख खत्रीका अनुसार चीनले नेपाली कामदार र ट्रक ड्राइभरको पीसीआर परीक्षण गर्ने जानकारी दिएको छ । तर पीसीआर परीक्षणमा कामदारलाई कोभिड–१९ देखिएमा थप केही साता नखुल्ने बताइएको छ ।

कामदारमा कोरोना देखिएपछि २० दिनदेखि बन्द भएको रसुवागढी नाका खुले लगत्तै चीनले तातोपानी नाका खोल्ने संकेत दिएको हो ।

तातोपानी नाका बन्द हुँदा नेपालका लागि सामान लोड गरिएका २०० हाराहारीमा ट्रक चीनमा रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।