Logo कार्तिक १०, २०७७ सोमबार


उतर काेरियाद्वार दक्षिण काेरियाली नागरिककाे गाेली हानी हत्या

काठमाडाैं । उत्तर कोरियाली सेनाले आफ्ना एक अधिकारीको गोली हानी हत्या गरी जलाएको दक्षिण काेरियाको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले आफ्ना अधिकारीमाथि भएको बर्बर घटनाको निन्दा गरेको छ ।

माछा विभागमा काम गर्ने ४७ वर्षका व्यक्तिमाथि उत्तर कोरियाले गोली हानेको दक्षिण कोरियाको भनाइ छ । गस्ती डुंगामा रहेका आफ्ना अधिकारी उत्तर कोरियाको सीमा क्षेत्रबाट बेपत्ता भएको र पछि ती व्यक्ति उत्तर कोरियाको जल क्षेत्रमा फेला परेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियाका सैनिकले ती व्यक्तिलाई गोली प्रहार गरेको र त्यसपछि तेल खन्याएर आगो लगाएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले दाबी गरेको छ । विविध कूटनीतिक सूचनाको विश्लेषणका आधारमा निष्कर्षमा पुगिएको पनि दक्षिण कोरियाले बताएको छ ।

घटनाबारे उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सीमा नाकामा कडाई गरेको छ भने अपरिचित देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।