Logo कार्तिक १२, २०७७ बुधबार


पोखरामा पहिलोपटक कोरोना संक्रमित महिलाले जन्माइन बच्चा

फाइल : तस्वीर

कास्की । पोखरामा पहिलोपटक कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् । भारतको मोतीहारी घर भएकी २४ वर्षीय महिलाले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएकी हुन् ।

अस्पतालको प्रसुती वार्डमा असोज ५ गते भर्ना भएकी ती महिलामा कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गरिएको थियो। स्वाब परिक्षण गर्दा असोज ६ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए।

संक्रमण देखिएपछि गर्भवती महिलालाई कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएको थियो। यसअघि सुत्केरी महिलालाई कोरोना संक्रमण देखिएपनि गर्भवती अवस्थामै कोरोना पुष्टि भएर बच्चा जन्माउने उनी पहिलो महिला हुन्। अहिले बच्चाको आइसियुमा उपचार भइरहेको छ भने आमाको अवस्था सामान्य रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।