Logo कार्तिक ५, २०७७ बुधबार


कांग्रेस र राप्रपाका ३ सय युवा नेकपामा प्रवेश

झापा । हल्दीबारीका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन सय युवा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपा हल्दीबारी–३ का इन्चार्ज विष्णु प्रसाद ओलीको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच तीन सय युवा बिहीबार औपचारिक रुपमा नेकपामा प्रवेश गरेका हुन् ।

नेकपामा प्रवेश गर्नेमा हल्दीबारी–४ निवासी कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचेसहित एक सय जना, हल्दीबारी–२ का कबड्डीका राष्ट्रिय खेलाडी खड्ग राजवंशीसहित एक सय जना, हल्दीबारी–४ का फुटबल खेलाडी सन्तोष मादेनसहित ५० जना र हल्दीबारी–३ का सामाजिक अभियान्ता अभिषेक खतिवडा र विजय मेचेसहित ५० जना युवाहरु रहेका छन् ।

नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवं क्षेत्र न.३ (ख) का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवं हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवं तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा झापाका सदस्य एवं हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नेपाल कम्युनिष्ट पार्टी कस्तो पार्टी हो भन्ने कुरा अहिले हल्दीबारीमा भइरहेका विकासका कामहरुले प्रष्ट पार्ने बताउनुभयो । उहाँले हल्दीबारीमा नेकपाको अगुवाइमा भइरहेका विकासका गतिविधिबाट तर्सिएर कांग्रेस र राप्रपा कुप्रचारमा उत्रिएको गुनासो समेत गर्नुभयो । नेकपाले सबै युवाहरुलाई योग्यता र क्षमताको आधारमा व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।