Logo कार्तिक १३, २०७७ बिहीबार


शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो भने चाँदी तोलामा ४० रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंसमा २० डलरले बढेपछि नेपाली बजारमा पनि मूल्य बढेको हो । केही दिन अघिदेखि बिहीबारसम्म भने सुनको मूल्य निरन्तर घटिरहेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्या तोलाको एक हजार एक सय २० रुपैयाँमा रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार एक सय ८२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।