Logo कार्तिक १५, २०७७ शनिबार


पीसीआर परीक्षणका लागि अस्पतालमै ओछ्यान (भिडियाेसहित)

रुपा घिमिरे
काठमाडौं । कोरोना महामारीकाबीच संघीय राजधानी काठमाडौंमै सर्वसाधारणले हदैसम्मको सास्ती बेहोर्नुपर्छ भने मुलुकका अन्य स्थानको हालत कस्तो होला ? घरबेटीले पीसीआर परिक्षणबिना कोठामा प्रवेश गर्न नदिएपछि रातको निद्रा मारेर, झरीको परवाह नगरी सर्वसाधारणहरु काठमाडौंको टेकु अस्पताल परिसरमा लाइन लाग्न बाध्य बनिरहेका छन् ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल परिसर हो । कोरोना महामारीकाबीच अस्पताल परिसरमा पीसीआर परीक्षणका लागि सर्वसाधारणले हदैसम्मको सास्ती बेहोरिरहेका छन् । एकातिर कोरोनाका कारण भीड गर्न नहुने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ अर्कातिर सरकारी अस्पताल परिसरमै सर्वसाधारणको भिडसँगैको लामो लाइनले सरकारी भनाइलाई गिज्याइरहेको छ ।

कुरो यतिमात्रै होईन, सर्वसाधारणहरु अस्पताल परिसरमै ओछ्यान लगाएर रात बिताउन बाध्य छन् । दैनिकरुपमा परिरहेको झरी र निद्राको परवाह नगरी सर्वसाधारणहरु टाँसिएरै पीसीआर परीक्षणका लागि लामबद्ध हुनुपरेको हो । दर्के र सिमसिमे पानीले झनै स्वास्थ्य जोखिम निम्त्याउने देखिन्छ । यो असावधानी कसको, प्रश्न तेर्सिएको छ ?

कोरोनाको कुनै लक्षण देखिएर सर्वसाधारण लाइन बस्नुपर्ने बाध्यता भयो भन्ने पनि लाग्नसक्छ, तर त्यो हुँदै होइन । काठमाडौं उपत्यकाका घरधनीले अनिवार्य पीसीआर रिपोर्ट ल्याउन दबाव दिएपछि निजी अस्पतालमा परीक्षण गराउन नसक्नेहरु टेकु अस्पतालमा रातभर निद्रा मारेर लाइन लाग्न बाध्य बनेका हुन् ।

पीसीआर परीक्षणको लागि टिकट नपाइने चिन्ताले दिनरात नभनी सर्वसाधारणहरु लामबद्ध भएका हुन् । झरीका कारण परीक्षणको पालो कहिले आउँछ भनेर कुर्नुपरेको छ । सर्वसाधारणको अत्याधिक चाप बढेपछि टेकु अस्पतालले क्षमता भन्दा तेब्बरसम्म स्वाब संकलन गर्ने गरेको छ ।

अस्पताल प्रशासनले सानो चौघेरामा अत्याधिक भीड व्यवस्थित गर्नु चुनौतिपूर्ण रहेपनि कठिन समयमा सेवा दिनु आफूहरुको बाध्यता रहेको स्पष्ट पारेको छ । टेकु अस्पतालले ३० रुपैयाँ टिकट दस्तुर लिएर ७२ घण्टामा पीसीआर रिपोर्ट दिने गरेको छ । असोज पहिलो सातादेखि सरकारले हवाई तथा स्थलमार्ग खुला गरेसँगै आर्थिक जिविकोपार्जनका लागि तराईका जिल्लाहरुबाट उपत्यका भित्रिनेको संख्या बढेपछि अस्पतालमा पीसीआर परीक्षण गराउनेको संख्या बढेको हो ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।