Logo कार्तिक १२, २०७७ बुधबार


नेपाल–चिन सीमाबारे नागरिकलाई सूचना दिनु गल्ती भयो-प्रजिअ हमाल

हुम्ला । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले नेपाल–चिन सीमा विवादबारे नागरिक र सञ्चारमाध्यमलाई सूचना दिनु गल्ती भएको स्पष्टीकरण दिनुभएको छ । नेपाल–चीन सीमामा चिनले एकतर्फ रुपमा नेपालको भूभागमा भौतिक संरचना बनाएको जनाकारी दिएपछि हमाललाई गृह मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

गृहको प्रशासन महाशाखामा बिहीबार स्पष्टीकरण पठाउँदै सहायक प्रमुख जिल्ला अधिकारी हमालले यस विषयमा बोल्नु आफ्नो गल्ती भएको भन्दै माफी माग्नुभएको छ । यसअघि सहायक प्रजिअ हमालले हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित ११ नम्बर पिलर हराएको र त्यहाँ चीनले नेपाली भूमि मिचेर एकतर्फीरूपमा भौतिक संरचना बनाएको गृहलाई जानकारी गराउनुभएको थियो ।

उहाँकै जानकारीका आधारमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा क्षेत्रमा पठाएको थियो । हराएको भनिएको पिलर पुरिएको अवस्थामा फेला परेको छ । तर चीनले भने आफूले भवन बनाएको क्षेत्र आफ्नै भूभागमा पर्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।