Logo कार्तिक १३, २०७७ बिहीबार


फोर्स मोटर्सको उपहार योजना ‘दशैैं आशिर्वाद’

काठमाडौं । फोर्स मोटर्सले ग्राहकका लागि ‘दशैैं आशिर्वाद’ उपहार योजना सार्वजनिक गरेको छ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैं र तिहारको अवसरमा ग्राहक वर्गलाई ध्यानमा राखेर दशैं आर्शिवाद भन्ने उपहार योजना सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत फोर्समोटसकाे १४ सिट क्षमता भएको ट्राक्सक्रुजर जीप खरिदमा ‘९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने’, ९ लाख मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अभवा ‘स्क्यार्च कुपन मार्फत २ लाखदेखि १० लाखसम्म पक्का’ मध्ये कुनै एक अफर रोजेर लिन सकिनेछ ।
यसैगरी, ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा ‘८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने’, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्न अथवा स्क्याच कुपनमार्फत एक लाखदेखि ५ लाखसम्म पक्का मध्ये कुनै एक अफर रोजेर लिन सकिनेछ । यसैगरी २६ सिट क्षमताको ट्राभलर मिनिबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने वा १२ लाख मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा “स्क्याच कुपन मार्फत  २ देखि ६ लाखसम्म पक्का मध्ये कुनै एक अफर रोजेर लिन सकिनेछ ।

बिगत ७ वर्षदेखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक आयतकर्ता/बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको छ । उक्त कम्पनीले सबैभन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ वर्ष वा ३ लाख किमीको इन्जिन वारेन्टी भएको मर्सिडिज बेन्ज इन्जिन जडित जीप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडीहरुको आयात तथा बिक्री वितण गर्दै आएको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुन्सरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि वितरणमा ल्याइरहेको छ । यी शो रुममा बिक्री पछिका सेवाहरु 3s सहितको सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।