Logo कार्तिक १२, २०७७ बुधबार


राजविराज विमानस्थलमा नियमित उडान सेवा शुरु

विद्यानन्द राम
राजविराज । सप्तरीको राजविराज विमानस्थलमा शुक्रबारबाट नियमित उडान सेवा शुरु भएको छ । लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण ६ महिनापछि नेपालमा गत सोमबारबाट आन्तरिक उडान शुरु भएसँगै ‘बुद्ध एयरलायन्स’ले राजविराज विमानस्थलमा पनि उडान सेवालाई निरन्तरता दिएको हो ।

एयरलायन्स कम्पनीले सूचना जारी गर्दै उडान भर्ने समय तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार दिउँसो १२ बजेर १५ मिनेटमा काठमाडौं–राजविराज तथा दिउँसो १ बजेर १५ मिनेटमा राजविराज–काठमाडौंका लागि उडान भर्नेछ । सोहीअनुसार दिउँसो १ बजे ‘९एन एईडब्जु’ नम्बरको विमान राजविराज विमानस्थलमा विमान अवतरण गरेको छ ।

निरन्तरको झरीले निर्धारित समयभन्दा केही ढिलाई भएको एयरलायन्सले जनाएको छ । एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीकाअनुसार हाललाई न्यूनतम तीन हजार दुई सय ५५ (ई कलाश) रुपैयाँ निर्धारण गरिएको छ । कोरोनासम्बन्धि स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा पालना गरेर उडान सेवा थालिएको एयलायन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।