Logo कार्तिक १२, २०७७ बुधबार


सहयोग उठेकै भरमा कडा रोगीको उपचार

तस्बिर :मृगौला रागको उपचार अभावले छट्पटाइरहेकी अञ्जलि तामाङ

भगीरथ भण्डारी
इलाम । माईजोगमाई गाउँपालिका–२ जोगमाईका लोकबहादुर थामी मृगौला रोगबाट थलिएका छन् । उपचारका लागि खर्च अभाव भएपछि अहिले उनका बाबु जगतबहादुर थामी सहयोगको अपिल गरेका छन् ।

घरमा भएको जिन्सी र सरसापटबाट सामान्य उपचारमा तीन लाख भन्दा बढी सकियो । योभन्दा माथि गर्ने क्षमता आफूसँग नभएको भन्दै लोकबहादुरले सहयोगी दाताहरुको आशमा दिन कटाइरहेका छन । डायलोसिस र मृगौला प्रत्यारोपणको लागि लोकबहादुरको उपचारमा १५ लाख रुपैयाँ लाग्ने भएको छ । त्यस्तै सूर्याेदय नगरपालिका–६, कन्यामका ५२ वर्षे मित्रप्रसाद चापागाईं (विनोद) दुवै मृगौला फेल भएर उपचारका लागि छटपटाइरहेका छन् । दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले २२ लाख रुपैयाँ खर्च लाग्ने र आर्थिक अवस्था कमजोर भएका चापागाईंले एक वर्षदेखि उपचार गराउँदा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग सहयोग मागेका छन् ।

आफ्नो जेथो सबै सकेर पनि मृगौला फेर्न नसकेको र प्रत्येक साता डाइाइसिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको हुँदा सहयोगको अपेक्षा गरेका हुन । सम्पत्तिका नाममा कन्याममा आफ्नो अंशमा परेको डेढ रोपनी जग्गामात्रै भएको र त्यो पनि बेचेर खर्च गरिसकेको चापागाईंको भनाइ छ ।

इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बच्चाको उपचार खर्च अभाव भएको हो । बच्चाका बावु गोपाल श्रेष्ठका अनुसार एकपटकको किमो थेरापीमै करीव ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्न समेत १२ लाख हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गरिदिनका लागि परिवारले आग्रह समेत गरेको छ । त्यस्तै सूर्योदय नगरपालिका १० की अञ्जलि तामाङको मृगौलाले काम नगरेपछि छट्पटाइरहेकी छन् । डाक्टरले एकवर्ष अघिनै मृगौलाले काम नदिएको भने पनि आर्थिक अभावका कारण अहिलेसम्म उपचार गर्न सकेका छैनन् । उनको उपचारका लागि बुबा टिकाराम तामाङले
छोरीको ज्यान बचाईदिन आग्रह गरेका छन् ।

यी त प्रतिनिधि पात्र मात्रै हुन् । कडारोग लागेका जो कोही बिरामीले सहयोग जट्यो भने उपचार पाउँछन नभए छटपटाउँदै मृत्युसँग जुध्नुको विकल्प छैन । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले त्यस्ता बिरामिको उपचारमा खर्च बढि लाग्ने भएको हुँदा उनीहरुको जायजेथोले थाम्दैन त्यसैले सहयोग माग्न बाध्य हुने बताउनुभयो ।

इलाममा मृगौला रोगि ४३ जना रहेको तथ्याङ्क छ । त्यसमा पुरुष २९ र महिला १४ जना रहेका छन् । त्यसैगरी मुटु सम्बन्धी ४८ जना बिरामी छन् । जसमा पुरुष २८ र महिला २० जना छन् । जिल्लामा ७७ जना क्यान्सर रोगिछन जसमा महिला ४४ र पुरुष ३३ जना रहेका छन् । त्यसैगरी हेड इन्जुरीमा पुरुष तीन र महिला दुई जना गरी पाँच जना रहेका छन भने स्पाईनल इन्जुरीका एक एक महिला र पुरुष गरी दुईजना रहेका छन् । सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कलसेल एनेमिया जस्ता कडा रोगको उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । उपचार सहुलियत मिर्गौला बाहेक अन्य रोगका लागि एक लाख रुपैयाँ छ भने मिर्गौला प्रत्यारोपणमा दुई लाख र त्यसपछिको औषधि खान भन्दै थप एक लाख रुपैयाँ समेत प्रदान गर्ने गरेको छ । सरकारले मिर्गौला डायलासिस भने निशुल्क गरेको छ । सरकारले केही सहुलियत दिएपनि बिरामीको उपचारका लागि सहयोग विना उपचार असम्भव भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।