Logo कार्तिक ११, २०७७ मंगलबार


प्रेस काउन्सिलकाे कार्यबाहक अध्यक्षमा बुढाथोकी

काठमाडौं । प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा गोपाल बुढाथोकीलाई तोकिएको छ । कार्यबाहक अध्यक्षबाट किशोर श्रेष्ठले राजीनामा दिनुभएपछि रिक्त रहेको पदमा बुढाथोकीलाई तोकिएको हो ।

काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले स्वायत्तताको रक्षाका लागि भन्दै प्रेस काउन्सिलको बोर्ड बैठकमा आजै राजीनामा दिनुभएको थियो । काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

गत भदौमा सरकारले प्रेस काउन्सिलको नियमावली संशोधन गरी किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षबाट हटाई दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिइएको थियो । सरकारले दिएकाे जिम्मेबारीप्रति सर्वोच्चमा रिट परेपछि सर्वोच्चले नियमावली संशोधन कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशपछि किशोर श्रेष्ठले कार्यबाहक अध्यक्षको हैसियतमा नियमित रुपमा कार्यसम्पादन गरिरहनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।