Logo कार्तिक १३, २०७७ बिहीबार


प्रधानमन्त्रीद्वारा महासभालाई सम्बाेधन, ‘गरिबी निवारण सरकारकाे पहिलो प्राथमिकता’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण गर्दै नागरिकको सहज जीवनयापनको विषय सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७५औं महासभा अन्तर्गतको गरिबी निवारण सम्बन्धी ‘गरिबीको चूनौती पुनर्उत्थानका लागि नेतृत्व र गरिबीका बहुआयामिक सूचकहरूको प्रयोग’ विषयक उच्चस्तरीय बैठकमा भर्चुअल प्रविधिबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्ताे बताउनुभएकाे हाे ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय विकास रणनीति तयार गर्दाकै अवस्थामा गरिबी निवारणका सवालहरुलाई प्राथमिकता दिने गरिएकाले नेपालमा गरिबीको दर पछिल्ला वर्षमा उल्लेख्य रुपमा कम हुँदै गएको बताउनुभयो ।

‘कोही भोको पर्दैन र कोही भोकै मर्दैन’ भन्ने नारा र लक्ष्य लिएर सरकारले सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको बैठकलाई जानकारी गराउनुभयो । संविधानको मौलिक हकमा नै स्वच्छ खाना र खानेपानीको अधिकार आवास र स्वच्छ वातावरणको अधिकार प्रत्याभूत हुनुले नेपाल सरकारले गरिबी निवारणका लागि गरिरहेको प्रयासलाई थप व्याख्या गरेको प्रधानमन्त्रीले बैठकलाई बताउनुभयो ।

बास नभएकाहरुलाई घरवास उपलब्ध गराउने ‘जनता आवास कार्यक्रम, आधारभूत शिक्षा अनिवार्य मात्रै नभइ माध्यमिक तहसम्म निशुल्क शिक्षा, आधारभूत निशुल्क स्वास्थ्य सेवा, स्वास्थ्य बीमाजस्ता कार्यक्रमहरुले नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बैठकलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले लघुवित्त, सहकारी जस्ता समुदाय लक्षित आर्थिक कार्यक्रमहरुको माध्यमबाट नागरिकको आर्थिक जीवनलाई थप व्यवस्थित बनाउने काम भइरहेको बताउनुभयो ।

उहाँले एक तिहाइभन्दा बढी नागरिकहरुलाई समाजिक सुरक्षा योजनामा समेटेर सरकारले संविधान प्रदत्त मौलिक हकको व्यवस्था मात्रै गरेको छैन आर्थिक सामाजिक जीवनमा सुधार ल्याउन समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । २०१८ मा भएको गरिबीको अवस्था सम्बन्धी तथ्याङ्कले नेपालको अवस्था सुधारिँदै गएको देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले दिगाे विकास लक्ष्य हासिल गर्दै सन् २०२४ सम्म गरिबीको दरलाई ११.५ प्रतिशतमा झार्ने लक्ष्य अनुरुप काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।