Logo कार्तिक १३, २०७७ बिहीबार


मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच छलफल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको बैठक शुक्रबार पनि बालुवाटारमा भइरहेको छ । दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टीको सांगठनिक एकता प्रक्रियाका बाँकी कामका विषयमा केन्द्रित भएर छलफल भइरहेको हो ।

गत मंगलबार बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई मन्त्रिपरिषद पुनर्गठनको खाका बनाउने जिम्मा र पार्टीको सांगठनिक एकताका बाँकी काम पूरा गर्ने आधारसहितको खाका बनाउने जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सक्रिय हुनुभएको छ । उहाँहरुबीच बिहीबार पनि करिब तीन घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ११ बजेदेखि शुरु भएको बैठकले आज भोलिमै मन्त्रिपरिषद पुनर्गठनको ठोस योजना बनाएर सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी अध्यक्षद्वयले गर्नुभएको बताइएको छ । दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई १० दिन भित्र सांगठनिक एकताका बाँकी कामको खाका बनाउने जिम्मेवारी सचिवालय बैठकले दिएको छ ।

मन्त्रिपरिषद पुनर्गठनको कार्यसूची सचिवालय बैठकको पहिलो नम्बरमा परेपछि दुई अध्यक्षले त्यसको टुङ्गो लगाउने गरी छलफल गरिरहनुभएको छ । अहिले अर्थ, सञ्चार तथा शहरी विकास मन्त्रालय खाली छ । मन्त्रिपरिषद पुनर्गठन गर्दा सबै नयाँ अनुहारका मन्त्री ल्याउने कि कार्य प्रगतिको आधारमा पुरानो अनुहारलाई कायमै राख्ने विषयमा दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।