Logo कार्तिक १३, २०७७ बिहीबार


निरन्तरको वर्षाले राजविराज बजार जलमग्न

विद्यानन्द राम
राजविराज । निरन्तरको वर्षाका कारण शुक्रबार सप्तरी सदरमुकाम राजविराज बजार जलमग्न भएको छ । वर्षाको पानीले यहाँका आधा दर्जन कार्यालय, सडक तथा बजारकै बस्तीहरु जलमग्न भएको हो ।

प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय राजविराज, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, वन कार्यालयका भू–भाग जलमग्न भएको छ । बजारका कतिपय सडकहरु जलमग्न हुँदा सर्वसाधारणहरुलाई हिँलडुल गर्न कठिनाइ भएको छ

कोरोना महामारीकै बेला घर–घरमा पानी पसेर हैरानी भइरहँदा समेत जनप्रतिनिधिहरु हेर्नसम्म नआएको सर्वसाधारणले गुनासो गरेका छन् । जनप्रतिनिधिहरुको बदमासीका कारण आफूहरुलाई वर्षेनी वर्षायाममा डुवानको समस्या हुँदै आएको उनीहरुको भनाइ छ ।

वर्षा अझै नरोकिएकाले आफूहरु थप पीडित हुनसक्ने भन्दै जनजीवन सहजताकालागि पहल गरिदिन सर्वसाधारणले नगरपालिकासँग आग्रह गरेका छन् । उता नगर प्रमुख शम्भुप्रसाद यादवले वर्षाको पानीले वडा नम्बर ५ र ६ का केही परिवार प्रभावित भएकाले उहाँहरुको जनजीवन सहज गर्नेतर्फ कार्य भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।