Logo कार्तिक १३, २०७७ बिहीबार


रहेनन् पूराना छायांकार जावेद शाह

काठमाडौं । नेपाली चलचित्रका छायांकार जावेद शाहको निधन भएको छ । शाहको बुधवार निधन भए पनि शुक्रवार मात्र खबर सार्वजनिक भएको हो ।

उनको आकस्मिक हृदयघातका कारण ठमेलस्थित निवासमै निधन भएको उनको निवास पुगेर फर्केका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराउनुभयो । शाह केही वर्षयता चलचित्र क्षेत्रको सम्पर्क बाहिर थिए । ७० वर्षिय शाहको श्रीमती र २ छोरा छन्। उनको मुश्लिम परम्पराअनुसार अन्तिम संस्कार भईसकेको छ।

शाहले जीवनको अधिकांश समय नेपाली चलचित्र क्षेत्रको श्रीबृद्धीमा विताएका थिए । उनले ज्वाला, प्रतिज्ञा, सीमाना, अवतार, प्रतीक्षालगायतका दर्जनौं चलचित्रको छायांकन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।