Logo कार्तिक १३, २०७७ बिहीबार


२० अर्ब रूपैयाँको ऋणपत्र विक्रीको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नौ वर्ष अवधिको लागि २० अर्ब रूपैयाँको ऋणपत्र विक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले विकास ऋणपत्र २०८६ ‘घ’ विक्रीको लागि आज सूचना जारी गरेको हो । ऋणपत्रको बोलकबोल असोज ११ गते हुने बताइएको छ भने ब्याजदर पनि बोलकबोलबाटै तय हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यसरी खरिद गरिएको ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पनि पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आगामी असोज १२ गते ऋणपत्र निष्काशन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ सालको असोज १२ गते हुनेछ । ऋणपत्र खरिद गर्नेलाई नेपाल राष्ट्र बैंकले अर्ध वार्षिक रुपमा व्याज भुक्तान गर्ने र आर्जित ब्याजमा व्याजकर लाग्ने बताइएको छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १७ अर्व र ३ अर्व छुट्ट्याइएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।