Logo कार्तिक १३, २०७७ बिहीबार


भाटभटेनीले बढायो खसीको मासुको मूल्य

काठमाडौं । बजार मूल्यभन्दा सस्तोमा खसीको मासु विक्री गर्दै आएको भाटभटेनी सुपरमार्केटले मूल्य बढाएको छ ।

भाटभटेनीले बजारभन्दा साढे ४ सय रुपैयाँ सस्तो ८ सय ५० रुपैयाँ किलोमा खसीको मासु विक्री गर्दै आएको छ । बजारमा खसीको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ रहेको छ । तर भाटभटेनीले अबका केही सातापछि खसीको मासुको मूल्य बढ्ने बताएको छ ।

अब प्रतिकिलो ८ सय ९९ रुपैयाँ पर्ने खसीको मासु दशैंका बेला ९ सय ९९ रुपैयाँले बिक्री गर्ने सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले जानकारी दिनुभयो ।

भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै नाफा राखेर बिक्री गर्ने गरेको छ ।

सञ्चालक गुरुङले भ नेपालगञ्जबाट ल्याउने खसीको स्थानीय मूल्य नै बढेकोले मासुको मूल्य बढाउन परेको प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।