Logo कार्तिक १३, २०७७ बिहीबार


अर्थ राज्यमन्त्रीमा सांसद बिमला राईको सम्भावना

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको अर्थमन्त्रालयको जिम्मेवारी सांसद बिमला राई पौडेललाई दिने चर्चा चलेको छ ।

अर्थमन्त्री समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पौडेललाई अर्थराज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार राईलाई राष्ट्रपति विद्यादेवी भण्डारीको चाहानामा महिला कोटाबाट अर्थराज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो। डा खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउन चाहनुभएको थियो । तर, पार्टीको महाधिवेशन नजिकिएकाले पौडेललाई तत्काल मन्त्रीमा नियुक्त नगर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुग्नुभएको स्रोतको दाबी छ।

पार्टीको महाधिवेशन सकिएपछि भने पौडेललाई अर्थमन्त्री बनाउने संभावना धेरै रहेको स्रोतको दाबी छ। तर, त्यस अवधिसम्मका लागि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा खतिवडाले नै अर्थमन्त्रालयको नेतृत्व अनौपचारिक रूपमा गर्नुहुनेछ । अर्थराज्यमन्त्रीमा नियुक्त गरिने राईले हस्ताक्षर गरे पनि निर्णय प्रक्रियामा डा खतिवडा नै हाबी हुने स्रोतको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।